जिल्लाका प्रतिष्ठानमा कार्यरत जनशक्तिको नतिजा सार्वजनिक



मोतीराम तिमल्सिना, काभ्रे ।
राष्ट्रिय आर्थिक गणना २०७५ मा जिल्लाको आर्थिक कृयाकलापको क्षेत्र, प्रतिष्ठानका अवस्थाका बारेमा प्राप्त नतिजा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय आर्थिक गणनामा प्राप्त उपलब्धीहरुलाई धुलिखेलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । जिल्लामा रहेका सबै ब्यवसायीक आर्थिक इकाईहरुमा पुगी गणना गरिएको थियो ।

नेपालमा रहेका अन्र्तराष्ट्रिय औधोगिक बर्गीकरणमा उल्लेखित क्षेत्रका आर्थिक इकाईहरु एकै पटक समेटिने गरी २०७५मा आर्थिक गणना सञ्चालन गरिएको थियो ।

जिल्लामा कृषि, वन तथा माछापालन ब्यवसाय ७ सय ३६, औधोगिक उत्पादन १ हजार ९ सय १४, खानी तथा उत्खनन, विद्यूत्त, ग्याँस, वाफ तथा वातानुलित आपुर्ति, पानी आपुर्ति, ढल, फोहोर ब्यवस्थापन तथा प्रशोधन क्रियाकलाप र निर्माणमा १ सय ६९, थोक तथा खुद्रा ब्यापार, मोटर गाडी, मोटरसाईकलको मर्मतमा ६ हजार १ सय ३५, यातायात तथा गोदाम र सूचना तथा सञ्चार ८४, आवास सुविधा तथा खाना ब्यवस्थामा २ हजार ६ सय ४३, वित्तिय तथा विमामा ४ सय ९७, शिक्षामा ७ सय २०, मानव स्वास्थ्य तथा सामाजिक कार्यका कृयाकलाप ३ सय ९८, घरजग्गा कारोवार, पेशागत, बैज्ञानिक तथा प्राविधिक कृयाकलाप, प्रशासनिक तथा सहयोगी कृयाकलाप अन्य सेवा कृयाकलाप, कला मनोरञ्जन तथा मनोविनोद कृयाकलाप र सञ्चालन गर्ने प्रतिष्ठानमा ९ सय ८६ वटा गरी १४ हजार २ सय ८२ प्रतिष्ठान गणनामा समावेश भएका छन् ।

जसमा दर्ता भएका ७ हजार ३ सय २७ प्रतिष्ठान दर्ता भएका छन् भने ६ हजार ९ सय ५५ प्रतिष्ठान दर्ता भएका छैनन । प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जनशक्ति कार्यरत छन् । २० हजार ७ सय ६ पुरुष र १५ हजार २ सय २ महिला प्रतिष्ठानमा कार्यरत छन् ।

जिल्लाका १३ तह मध्ये सबैभन्दा कम खानीखोला गाउँपालिकामा २४९ प्रतिष्ठान रहेका छन् । जसमा १ सय ९ वटा दर्ता भएका छन् भने १ सय ४० वटा दर्ता भएका छैनन । महाभारतमा २ सय ६८ वटा प्रतिष्ठान दर्ता भएका छन् । १ सय ३३ वटा दर्ता भएका छन् भने १ सय ३५ वटा दर्ता भएका छैनन ।

भुम्लु गाउँपालिकामा ४ सय ४७, चौरीदेउराली गाउँपालिकामा ४ सय ६०, तेमाल गाउँपालिकामा ४ सय ६३, बेथान्चोक गाउँपालिकामा ५ सय २ र रोशी गाउँपालिकामा ७ सय ४४ वटा प्रतिष्ठान छन् । सबै भन्दा धेरै बनेपा नगरपालिकामा ४ हजार ३ सय २९ प्रतिष्ठान रहेका छन् भने पनौती नगरपालिकामा १ हजार ९ सय १ वटा प्रतिष्ठान रहेका छन् ।

पाँचखालमा १ हजार ४ सय ६२, धुलिखेलमा १ हजार ४ सय २२, नमोबुद्ध नगरपालिकामा १ हजार २१ र मण्डनदेउपुर नगरपालिकामा १ हजार १४ वटा प्रतिष्ठान रहेका छन् । प्रतिशतका आधारमा ५१ प्रतिशत दर्ता भएका र ४९ प्रतिशत दर्ता नभएका प्रतिष्ठानको संख्या रहेको छ ।

तथ्याङ्कका आधारमा परम्परागत रुपमा संचालन हुँदै आएका ऐतिहासिक बजारहरुको संख्या घट्दै गएको छ । जिल्लाभर २ सय ८ वटा प्रतिष्ठान मात्रै परम्परागत बजारमा संचालन भएका छन् । आधुनिक ब्यापार मलमा १ सय १ वटा प्रतिष्ठान संचालन भएका छन् ।

बाटोे सडकमा १ सय ३७, आफ्नो बसोबास गर्ने घरमा संचालन भएका ६ हजार २ सय ६८, आफ्नो भन्दा फरक स्थानमा संचालन भएको ५ हजार ८ सय ६३, एउटै ब्लक वा कम्पाउण्ड भित्र संचालन भएको १ हजार २३ र अन्य प्रकारको स्थितीमा संचालन भएका ७ सय १२ प्रतिष्ठान रहेका छन् ।

प्रतिष्ठान संचालनका हिसावले बनेपामा सबै भन्दा धेरै २१ हजार ३ सय ५६ जनाले काम गरिरहेका छन् । संचालन भएका प्रतिष्ठान मध्ये लेखाश्रेस्ता ७ हजार १ सय ६५ वटा प्रष्ठिनाले मात्रै राख्ने गरेका छन् भने ६ हजार ६ सय ८४ प्रतिष्ठानको लेखा श्रेस्ता नै छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्