श्रीलंकामा पूर्व राष्ट्रपतिका भाइ आठौं राष्ट्रपतिमा निर्वाचित



श्रीलंका ।

श्रीलंकामा गोतव्या राजापाक्ष पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ आठौं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

श्रीलंकाको वहुमत सिन्हाला समुदायको प्रतिनिधित्व गर्ने नेता गोतव्याले अरु ३४ जना उम्मेद्वारलाई उछिनेका हुन् ।

आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा, गोतव्या लगायत ३५ जना उम्मेद्वार थिए ।

७० वर्षीय राजापाक्ष आफ्ना दाइ महिन्दा राष्ट्रपति छँदा रक्षा सचिवको भुमिकामा थिए ।

त्यसैबेला महिन्दाको नेतृत्वमा विद्रोही तामिल टाइगर्स पराजित भएको हो ।

श्रीलंकामा श्रृंखलावद्ध हमला भएको सात महिनापछि हिजो आइतबार राष्ट्रपतिको निर्वाचन भएको हो ।

नवनिर्वाचित राष्ट्रपति गोतव्याले राष्ट्रिय सुरक्षाको मुद्दालाई मुख्य चुनौतीको रुपमा सामना गर्नु पर्नेछ ।

यद्यपि उनले निर्वाचन अभियानको क्रममा यही विषयलाई प्रतिवद्धताको रुपमा नारा बनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्