‘जाली माया’ सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौँ ।
अभि जिसीको स्वरमा रहेको गीत ‘‘जाली माया’ सार्वजनिक भएको छ । अभी कै शब्द–सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेको सम्पादन गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियोमा राम्रो बनाउने प्रयास गरेको बताउँछन् ।

मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो । ‘हामीले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किने प्रयास गरेका छौ, सबैको माया पाउँनेमा आशावादी छौ’, अ भीले भने ।

भिडियाेसहितः

प्रतिक्रिया दिनुहोस्