अनु मलिकलाई सोनाको जवाफ: सेक्स रिह्‍याबमा बसे हुन्छ !



मुम्बइ, इन्डियन आइडलका जज तथा ‘म्युजिक कम्पोजर’ अनु मलिक हालै एक विवादमा फसेका छन् । गायिका सोना मोहपात्राले हालै उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् ।

जसले गर्दा नै बलिउड बजार तात्यो । सोनाले अनुलाई यौन दुव्र्यवहारको आरोप लगाउँदै खुलापत्र नै लेखेकी थिइन् । अनुले पनि खुलापत्र लेखेरै सुरुमा त आफ्नो बचाउ गरे । गायिका नेहा भासिन र स्वेता पण्डितले पनि यौन शोषणको आरोप लगाएपछि विवाद बढेको छ ।

त्यसैमाथि सोनाले प्रतिप्रश्न गर्दै अनुलाई थप आरोप लगाएकी छन् । अनु एक ‘सिकारी’ भएको जिकिर गर्दै उनले बलिउड इन्डस्ट्रीका अरु थुप्रै गायिकामाथि दुव्र्यवहार गरेको सोनाको आरोप छ ।

साथै यस्तो व्यक्ति राष्ट्रिय टेलिभिजनमा ‘बस्न नसुहाउने’ भन्दै अनुविरुद्ध कडा टिप्पणी गरेकी हुन् । यसअघि अनुले आफूलाई एक्ल्याएको र त्यस्ता आरोप आइरहँदा उकुसमुकुस भएको प्रतिक्रिया दिएका थिए ।

साथै ‘अँध्यारो अवस्था’बाट गुज्रिएको अनुको प्रतिक्रिया थियो । साथै खुलापत्रमा उनले न्याय खोजेको उल्लेख गरेका थिए । मलिकलाई टिप्पणी गर्दै सोनाले भने ‘सेक्स रिह्याब’मा जान सुझाव दिएकी छन् ।

खासमा मोहपात्राले गत वर्ष नै अनुमाथि आरोप लगाएकी थिइन् । उनकै आरोपपछि गत वर्ष इन्डियन आइडलको जजबाट मलिक हटाइएका थिए । यस वर्ष अनु जजको रुपमा उभिएपछि फेरि आरोपहरु आउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्