पाठेघरको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क परीक्षण शिविर सम्पन्न



न्युज अफ नेपाल,पोखरा ।

नेपाल अवुर्द्व रोग निवारण संघ कास्कीको आयोजना नेपाल परिवार संघ कास्कीको प्राविधिक सहयोगमा तनहुँमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

 

 

शनिवार भिमाद नगरपालिका वड़ा नं २ टेक्रेभंझ्याङ स्थित श्री बालविकास मा विमा संचालित शिविरमा ७० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीका अध्यक्ष रामचन्द्र थापाले जानकारी दिनुभएको छ ।

स्वास्थ्य शिविरमा ५ जना महिलामा पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएको अन्य जाँच गरेका धेरैको जसोको स्वास्थ्य समस्या सामान्य रहेको पाईएको छ ।

पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षक एवं नेपाल अर्बुद्व रोग निवारण संस्थाका सचिव नारायण पराजुलीले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताउँनुभयो । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ ।

नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीका अध्यक्ष रामचन्द्र थापाको अध्यक्षतामा सम्पन्न र्काक्रम भिमाद नगरपालिका वड़ा नं २ वडाध्यक्ष भवानी शंकर लम्साल, बालविकास मा विका प्रअ राम्जी सिग्देल, नेपाल परिवार नियोजन संघ कास्कीका पूर्व अध्यक्ष अर्जुन प्रसाद सिग्देल, लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुगाना इनरह्विल क्लब पोखराका अध्यक्ष रेखा मर्सानी, प्रभात आर्टस् पोखराका सञ्चालक तिर्थ सुवेदीले लगाएतले क्यान्सर रोगबाट बच्न सावधानी पुर्याउन सबैलाई आग्रह गरेका थिए ।

क्यान्सर निको हुंछ सुरुमैं उपचार गरेमा भन्ने उद्घोषका साथ शिविरलाई सब्य र भब्य रूपमा सम्पन्न गर्नका लागि लायंस क्लब अफ पोखरा पिस सिटी, प्रभात आर्ट्स महेन्द्रपुल पोखरा, इनर ह्विल क्लब पोखरा, किहुँ अरूणोदय मिलन समाज पोखरा भिमाद नगरपालिका वड़ा नं १ र २ आयोजक र सहयोगी स्थानीय संघ संस्थामा सगरमाथा युवा क्लब, प्रगतिशील युवा क्लब, जीवनज्योती युवा क्लब, रघु मिश्रित युवा क्लब, रघु सामुदायिक होम स्टे, सूर्योदय पंचे बाजा समूह, एभरेस्ट सर्जिकल महेन्द्रपुल र के आर प्याकेजिंग इण्डस्ट्रीज पोखरा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्