सागको काउन्टडाउन शुरू



काठमाडौं, (नेस)।

यही मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को १५ दिने काउन्टडाउन शुरू भएको छ। काठमाडौं, पोखरा र जनकपुरमा हुने सागका लागि काउन्टडाउन, प्रोमो भिडियो तथा सूचना सम्प्रेषणका लागि तयारी गरिएको आधिकारिक वेबसाइट शनिबार सार्वजनिक गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एक कार्यक्रममा सागको वेबसाइट लन्च गरेको हो। प्रतियोगिता अपडेट नेपाली भाषामा एनएससी खबर डटकममा हेर्न सकिन्छ भने अंग्रेजी भाषामा13sagnepal.com मा हेर्न सकिन्छ।

सागमा २७ खेल समावेश गरिएकोमा आयोजक नेपालले कमसेकम ५० स्वर्ण पदक जित्ने लक्ष्य लिएको राखेपका सदस्य सचिव रमेश सिलवालले बताउनुभयो। यसअघि सन् १९९९ मा आयोजक भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। यसपटक ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकमा प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्