प्रभु बैंकको काउन्टर कोशी अस्पतालमा राखिने



काठमाडौं, (नेस)।

विराटनगरस्थित कोशी अस्पतालमा प्रभु बैंकले काउन्टर सञ्चालनमा ल्याउने भएको छ। अस्पतालमामा आउने सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंक प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गर्नुभएको हो।

उक्त सम्झौतापश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म बैंकको काउन्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई बैंकिङ सेवा उपलब्ध गराउनेछ।

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरूले कोशी अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा जम्मा गर्न पाउने छन्।

 

प्रतिक्रिया दिनुहोस्