क्यानको अध्यक्षमा सुनैनाको उम्मेदवारी घोषणा



काठमाडौं, (नेस) ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले शनिबार आफ्नो तथा समूहको उम्मेदवारीसमेत घोषणा गर्नुभएको हो।

घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त र सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताउनुभयो।

उहाँले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता संगठन क्यान महासंघलाई सही नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने भन्दै आफूलाई अत्यधिक मतले निर्वाचित गराउन आग्रह गर्नुभयो।

सुनैना घिमिरे पाण्डे समूहको तर्फबाट संस्थागत आजीवन सदस्यतर्फ विक्रम सिंह, टिम एसिया नेपाल प्रालि समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि, अहमद खान, एप्टेक कम्प्युटर एजुकेसन प्रालि रहेको छ।

त्यस्तै संस्थागत सदस्यतर्फ विश्वराम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि अरूण वंशल, हाई–टेक इन्जिनियरिङ प्रालि, उमेश रघुबंशी, इन्फो डेभलपर्स प्रालि, रणजित कुमार पोद्दार, साथी ट्रेडिङ इन्टरनेशनल प्रालि, बुद्ध रत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि, सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि, नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालिलगायत रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्