सेप्टेम्बर ११ हमलादेखि बिन लादेन मारिएको वृत्तान्त प्रदर्शनीमा



न्युयोर्क, (एजेन्सी)।

न्युयोर्कमा सन् २००१ सेप्टेम्बर ११ मा भएको हमलाका सूत्रधार ओसामा बिन लादेनलाई खोज्ने र उनलाई मार्ने अभियानमा आधारित एक प्रदर्शनी भइरहेको छ। यसमा ओसामा बिन लादेन बस्दै आएको पाकिस्तानस्थित आवास परिसरको मोडल पनि राखिएको छ।एक भिडियोमा अमेरिकाका तत्कालीन राष्ट्रपति हमलाको कारबाहीमा अनुमति दिन आफ्नो हिच्किचाहटको कारण बताइरहेका थिए।

‘रिबिल्ड द हन्ट फर बिन लादेन’ नामको प्रदर्शनी न्युयोर्कस्थित सेप्टेम्बर ११ हमलासँग सम्बन्धित संग्रहालयमा राखिएको छ। यसमा १० वर्षसम्म लादेनको खोजीका लागि चलाइएको अभियानलाई चित्रण गरिएको छ। सेप्टेम्बर ११ मेमोरियल म्युजियमकी अध्यक्ष तथा मुख्य कार्यकारी अधिकारी एलिस ग्रिनवाल्डले छापामार्ने, कारबाही कसरी भएको थियो र यसको जानकारी त्यहाँ भएकासँग कसरी लिइयो भन्ने विषयमा बताइन्।

अमेरिकी विशेष कमान्डोले सन् २०११ मे १ को राती पाकिस्तानको एबोटाबादस्थित एक परिसरमा आक्रामक कारबाही गरी लादेनलाई मारेको थियो। सन् २००१ मा न्युयोर्कको ट्विन टावर अर्थात् विश्व व्यापार केन्द्र र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा अपहरित यात्रुवाहक विमानहरू ठोक्काएर हमला गरेका थिए। उक्त हमलामा करिब ३ हजारको ज्यान गएको थियो।

न्युयोर्कमा शुरू भएको यो प्रदर्शनी सन् २०२१ मे सम्म चल्ने बताइएको छ। प्रदर्शनीमा करिब ६० वस्तु राखिएका छन्। तीमध्ये केही वस्तु पाकिस्तानमा लादेन बस्ने गरेको घरबाट बरामद गरिएका थिए।प्रदर्शनीमा अफगानिस्तानका तोराबोरा पहाडबाट लादेन गायब भएपछिका घटनाक्रमलाई राखिएको छ।

सन् २०१० मा पेसावरमा पहिलो पटक बिन लादेनका सन्देशबाहक अबु अहमद अल कुवैती र उनको जिपको पहिचान गरिएको थियो।अल कुवैती अमेरिकी एजेन्टलाई पाकिस्तानको इस्लामावादबाट ८० किलोमिटरको दूरीमा पर्ने ऐबोटाबाद लिएर जाने गर्थे, जहाँ एक घरमा एक जना व्यक्ति बस्दै आइरहेका थिए।

अमेरिकीहरूले ती व्यक्तिलाई पेसर नाम दिइएको थियो। विस्तारै विस्तारै ती व्यक्ति आफूले खोज्दै आइरहेका ओसामा बिन लादेन हो भन्नेमा उनीहरू विश्वस्त हुन थालेका थिए।प्रदर्शनीमा वरिष्ठ अधिकारीदेखि लिएर बिन लादेनविरुद्ध अभियानमा सहभागी नौसैनिक कमान्डोसँगको अन्तर्वार्ता पनि राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्