दुर्लभ जन्तु रेडपाण्डा पाइने लाङटाङ राष्ट्रिय निकुञ्ज



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाको ठुलो स्याफ्रु चोलाङ पाटी लगाएतका केही स्थानमा पाईने रेडपाण्डा यस समयमा कहिँ कतै देखा परिरहेको छ । पुषको आधा —अघिदेखी चैतको आधा अघि सम्म भाले पोथि सँगै बस्ने गर्दछ ।

नत्र एक्लै रुख चढी बहारेर हिडने र कसको हानी नगर्ने लज्जालु स्वभावको स्तनधारी जनावर भएकोले यसको औषत आयु ८ वर्ष देखी १० वर्ष सम्म को हुन्छ भने जेठको आधा–अघिदेखी असारको आधा अघिसम्म प्राय रुखको टोडको तथा धोत्रोमा एक पटकमा ४ वटासम्म बच्चा जन्माउाछ ।

राष्ट्रिय संरक्षित जनावर भएकोले अन्तराष्ट्रिय —साइटिस को अनुसुचि १ र आइ .यु.सी.एन को रातो किताबमा संवेदनशिल सुचिमा उल्लेखित छ । करिब १५२५ मिटर भन्दा उचाइमा पाइने रेडपाण्डा नेपाल, चीन, भुटान, उत्तर पुर्व भारत र उत्तर वर्मामा समेत पाइन्छ ।

विदेशी–पर्यटकहरु यो प्रणाली र यसको वासस्थानको अनुपम दृश्य हेर्न देश विदेशबाट आउँछन आय स्रोतको प्रमुख अंग पर्यटनको विकास गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई मध्य नजर गरि पर्यटन भित्र्याउन रातो पान्डाको योगदान हुन सक्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अनुसार रातो पाण्डा मार्ने ,घाइते बनाउने खरिद गर्ने वा हस्तान्तरण गर्ने लिने दिने व्यक्ति लाइ ४० हजार खेखि १ वर्ष देखि १० वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । यस रेडपाण्डालाई संकटापन्न सुचिमा राखिसकेको छ ।

मुख्यतः भाले र पोथी सँगै बस्ने समय मध्य पुष देखि मध्य चैत यसको बासस्थान भएकोतिर आवतजावत नगरि काल्ता वा तालिस पत्र ,गोबे्र सल्ला लगाएत अन्य रुख विरुवा र ढलेका मुढाहरु समेतको संरक्षण गरि भालिङग्रो लगाएत अन्य प्रजातिका बाँसहरुको संरक्षण गर्न जरुरी छ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय महासन्धि (साइटिस) अनुसार रातो पान्डा वन्यजन्तु व्यापारका कारण विश्वमै लोप हुन सक्ने प्रजाति भएकोले यसको व्यापार ओसार पसार गर्ने लगाएत यसको अंग प्रत्यांग साथमा लिई हिडने व्यक्ति अन्तराष्ट्रिय स्तरमै जुनसुकै राष्ट्रमा पनि कानुनी कारबाहीमा पर्ने छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जले पनि यसको संरक्षण गरिरहेको छ भने यस निकुञ्ज सामाजिक, साँस्कृतिक तथा पारम्परिक दृष्टिकोणले पनि निकै समृद्ध छ । तामाङ यल्मो तथा भोटिय यस निकुञ्जमा बसोवास गर्ने महत्वपुर्ण स्थानहरुमा लाङटाङ उपत्यका हेलम्बु र गोसाइकुण्ड पर्दछन समृद्ध तामाङ तथा प्राकृतिक स्थान लोपोन्मुख वनस्पति तथा जीवजन्तुले थप गरिमा प्रदान गरेको छ ।

सन् १९७६ मा हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले स्थापना भई काठमाण्डौँ बाट सिधा उत्तरमा रहेको यस निकुञ्जको क्षेत्रफल १७१० वर्ग कि.मि.छ । रसुवा ,नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको २१ गा.वि.स.समेटिएका छन् ।सन १९९८ मा यहाँ मध्यवर्ति क्षेत्र ४२० वर्ग कि.मि.घोषणा भई भध्यवर्ति व्यवस्थापन परिषद मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति तथा उपभोक्ता समुहहरु कृयाशिल छन् ।

लाङटाङमा रहेको लेकाली खर्कले कस्तुरी मृग र हिमाली यारका लागी आवश्यक वासस्थान प्रदान गर्न महत्वपुर्ण भुमिका खेलेको छ । हाब्रे ,हिमाली कालो भालु र हिँउ चितुवा जस्ता दुर्लभ तथा लोपोन्मुख जनावरहरु यस निकुञ्जका अमुल्य निधि हुन ।अथाह पर्यटकिय आर्कषणको केन्द्र लाई भरपुर उपयोग गरि स्थानिय तथा अर्थतन्त्रमा योगदान पु¥याउन सकिने प्रशस्तै सम्भावना बोकेको यो क्षेत्र जलिय पर्यटनसमेतको ठुलो सम्भावना बोकेको क्षेत्र हो ।

नेपाल घुम्न आउने पर्यटकलाई लामटाङ राष्ट्रिय निकुञ्ज एउटा राम्रो गन्तव्य हुन सक्छ । यस क्षेत्रमा रहेका दुर्लभ तथा महत्वपुर्ण वनस्पति तथा वन्यजन्तुहरुको अवलोकन गर्न हजाराँैको संख्यामा आउने पर्यटकहरुलाई पर्यटकिय पूर्वाधारको विकास गरि सो संख्याहरुलाई थप बढाउन सके प्रशस्त अवसरहरु जन्मिने छन् ।

प्रतिक्रिया दिनुहोस्