एक करोड को लगानीमा गुरु रिन्पोछेको मुर्ती निर्माणका लागि शिलन्यास



सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रुवशीमा कार्तिक २७ गते एक करोडको लगानीमा गुरु रिन्पुछेको मुर्ति निर्माण का लागी एक कार्यक्रम गरी शिलन्यास गरिएको छ ।

जिल्लाको धार्मिक पर्यटनको प्रबर्धन गर्ने उद्देश्यले निर्माण गर्न लागीएको गुरु रिन्पोछेको मुर्ति निर्माणका लागी करिब एक करोड ६० लाख को लगानीमा १० फिट अल्गो तामाबाट बनाउन लागिएको मुर्ति एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बुद्ध निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बुुद्ध निर्माण समितिका अध्यक्ष दावा पेम्बा तामाङ ले जानकारी दिए ।

गोसाईकुण्ड गा.पा.का उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठका अनुसार स्याफ्रुवेशी स्थित बुद्ध मन्दिरमा गुरु सेराफ टेन्डर रिन्पोछेले पाठ पुजा गरी मुर्तिको शिलन्यास गरिएको हो शिलन्यास कार्यक्रममा गा.पा. अध्यक्ष कैशाङ नुर्पु तामाङ प्रमुख अतिथी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्