‘मनका कुरा मनै रैग्या’ : एक विक्षिप्त प्रेमीको चित्कार



न्युज अफ नेपाल,काठमाडौँ ।

गायक धुर्ब बिस्कोले एक फरक स्वाद र प्रस्तुतिको  ‘मनका कुरा मनै रैग्या’ बोलको गीत बजारमा ल्याएका छन् । कृष्ण केसीको मार्मिक शब्दमा बिस्कोको सुमुधर आवाजले गीतलाई जीवन प्रदान गरेको छ । गायक बिस्कोकै संगीत रहेको गीत उनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

युवायुवतीको जीवनमा बिवाहअघिको सम्बन्धले ल्याउने अनेक सामाजिक मोडको कारुणीक रुपमा चित्रण गरिएको गीतको कथा भने बास्तविकतामा आधारित छ । बिषेशगरि पश्चिमेली परिबेश समेटिएको गीतको भिडियोमा प्रयोग गरिएका लवजहरु पनि सुदूरकै छन् ।

प्रेमप्रतिको पारिवारीक र सामाजिक दृष्टिकोणको मानव जीवनमा पार्न सक्ने प्रभाव कति सम्म पीडादायी हुन्छ भन्ने गीतको भिडियो हेरेर जोकोहीले आँकलन गर्न सक्छ ।

गायक स्वयम्ले  नै निर्देशन गरेको गीतको भिडियोमा नायक पुष्प खड्का ,मनिषा थापा,दिनेश डिसी,  रश्मी भट्ट,मनिष खड्का, सारदा गिरी, रमेश केशी,बिनोद परियार लगागतका कलाकाहरुले अभिनय गरेका छन् । सुदूरपश्चिममा जन्मिएका गायक बिस्कोले यसअघि चलचित्रमा समेत गीत गाईसकेका छन् ।

भिडियो हेर्नुहोस् ……

प्रतिक्रिया दिनुहोस्