उचित प्रचार – प्रसार हुन नसकेको पार्वती कुण्ड र दुध कुण्ड



सरस्वति न्यौपाने,रसुवा ।

रसुवा जिल्ला देशकै तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहेको र भौगोलिक जैविक विविधता साँस्कृतिक धार्मिक र पर्यावरणीय हिमाल ले धेरै धनि रहेको छ ।पर्यटकीय आकर्षणको रुपमा धार्मिक क्षेत्र गोसाइकुण्ड चर्चित छ ।त्यसै अनुरुप यस जिल्लाको अर्को धार्मिक गन्तव्य पार्वती कुण्ड र दुध कुण्ड अझै त्यस ठाउँमा कमै मान्छे पुग्छन र कमै लाई थाहा छ ।

पार्वती कुण्ड आमाछोदिङमो गाउँपालिका –३ गत्लाङमा पर्ने पार्वती कुण्ड मा कमै मानिस जान्छ र कमै मानिसलाई थाहा छ ।स्थानिय तामाङ भाषामा आमाको अर्थ पार्वति र छोदिङमो को अर्थ जमेको पानी हो ।

यही भाषाको आधारमा आमाछोदिङमो को नेपाली नामाकरण पार्वती कुण्ड भएके हो ।गोसाइकुण्ड पछि को दोस्रो कुण्ड मानिन्छ ।

पौराणिक कथन अनुसार भगवान शिव ले कालकुट विष सेवन गरेर पानीको खोजीमा हिडेको बेला पार्वती पनि महादेव सँगै आएकी थिइन बाटैमा महिनावारी भइन त्यसपछि महादेव लाई हेर्न र छुन नहुने भएकाले पार्वती र महादेव छुट्टिएर शिव गोसाइकुण्ड र पार्वती अहिलेको पार्वती कुण्डमा कुण्ड स्थापना गरि बसे पार्वती बसेको ठाउँबाट महादेव लाई देखिदैन ।

गोसाईकुण्ड पुगेपछि एकपटक पार्वती कुण्ड नपुगी गोसाइकुण्ड पुगेको फल प्राप्ति नहुने विश्वास रहेको छ ।दुध कुण्ड गोसाइकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेमा अवस्थित करिब चार हजार सात सय मिटर उचाइमा रहेको दुध कुण्ड गुम नाम नै छ यस लाई तामाङ भाषामा पेदाङ छो भनिन्छ पेदाङ भनेको दुध र छौ भनेको कुण्ड हो ।

टिमुरे देखी हिडेर चार दिन लाग्ने त्यस ठाउँमा खान र बस्न को लागी समस्या रहेको छ ।गोसाइक्ुण्ड भन्दा अग्लो स्थान मा रहेको दुधकुण्ड लाई धार्मिक तथा पर्यटकिय रुपमा परिचित गराउन सक्ने सम्भावना रहे पनि सरोकार वालाको ध्यान गएको छैन ।

नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने धारणा राख्छन रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ यो कुण्ड १५ वर्ष अगाडि लामा गुरु हरुले पत्ता लगाएका हुन पार्वतीकुण्ड र दुधकुण्ड दिदि बहिनी हुन भन्ने जनविश्वास रहेको छ । धार्मिक र पर्यटकिय महत्व बोकेको दुधकुण्ड प्रचार प्रसार को अभावमा गुमनाम नै छ ।

यस्तै यस जिल्लाममा विभिन्न धार्मिक एवम साँस्कृतिक रुपले महत्वपुर्ण मानिने मठ मन्दिर ,गुम्बा गढी धामहरु रहेका छन गोसाइकुण्ड गाउँपालिका मा पर्ने गोसाइकुण्ड ,भैरबकुण्ड ,सरस्वतीकुण्ड ,सूर्यकुण्ड ,आमाछोदिङमो गाउँपालिका मा पर्ने पार्वती कुण्ड उत्तरगया गाउँपालिका मा कालिका मन्दिर लाङटाङमा क्यान्जिङ गुम्बा दुप्तेश्वर महादेव लगाएतका अनेकौ धार्मिक सास्कृतिक एवम ऐतिहासिक स्थलहरु यस जिल्लामा रहेका छन् ।

नेपालको राम सार क्षेत्रमा सुचिकृत १० सिमसार क्षेत्र अन्र्तगत पर्ने गोसाइकुण्ड धार्मिक र पर्यटकिय हिसाकले महत्वपुर्ण ताल हो ।

यस्तै अन्य तालहरुमा पार्वती कुण्ड ,सुर्यकुण्ड ,भैरबकुण्ड ,सरस्वतीकुण्ड ,गणेशकुण्ड ,जागेश्वरकुण्ड ,दुधकुण्ड ,रिभर कुण्ड जस्ता कुण्डहरु यस जिल्लाको पर्यटकिय र धार्मिक आस्थाका केन्द्र हुन ।

निकुञ्ज क्षेत्रका पुराना गुम्बा, माने, छोर्तेन, गुफा, दरवार कुण्ड र धार्मिक साँस्कृतिक पुरातात्विक तथा ऐतिहासिक दृष्टिले महत्वपुर्ण छन ।

प्रतिक्रिया दिनुहोस्