शिवम् सिमेन्टलाई एनएस क्वालिटी अवार्ड



शिवम् सिमेन्ट लिमिटेडले एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको छ। बिहीबार एक कार्यक्रम आयोजना गर्दै नेपाल गुणस्तर तथा नापतौल विभागले यस उद्योगलाई अवार्डद्वारा सम्मान गरेको हो।]

उद्योग यस वर्षको एनएस क्वालिटी अवार्डमा प्रथम भएको हो।विभागका अनुसार यो अवार्ड सिमेन्ट उद्योगमा पहिलोपटक शिवम् सिमेन्टले पाएको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरको उपस्थितीमा सो अर्वाड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई हस्तान्तरण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्