पल्सर डेयर भेन्चर सिजन–४ शुरू हुँदै



बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर डेयर भेन्चर सिजन–४ रिफ्रेसड बाई स्प्राइट लिएर आएको छ। पल्सर डेयर भेन्चर शनिबार राति ९ बजेदेखि एपी १ एचडी टिभीमा प्रसारण हँुदैछ।

पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो। पहिलोपटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरलाई बाइकर को सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ।

राइडरहरूले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्रा भरि असीमित रोमान्चक अनुभव बटुलेका छन्।

सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन्। पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्