नेप्सेमा सामान्य सुधार



नेपाल समाचारपत्र, काठमाडौं।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ। यस दिन कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

समग्र परिसूचकमा सामान्य सुधार भए पनि सेन्सेटिभ्स् इन्डेक्स भने ०.११ अंकले घटेको छ। त्यस्तै यस दिन कारोबारमा आएका समूहमध्ये होटल, विकास बैंक, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह बढेका छन्।

साथै एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड २९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। ३५ प्रतिशत लाभांश घोषणा गरेपछि यस बैंकको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन्।

अघिल्लो दिनजस्तै बिहीबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

तर, ग्लोबल आइएमई स्किम–१ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यसको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्