ठगदारलाई तक्मा



भक्तपुर–कमलविनायक–नगरकोट सडक स्तरउन्नति शुरू भएको पाँच वर्ष नाघिसक्यो। साढे १५ किमी हाराहारीको सडक २०७३ असार पहिलो साता निर्माण सम्पन्न हुनुपर्ने हो तर ठेकेदार ठगदार भएसी काम ज्यूँका त्यूँ छ।

नगरकोट काठमाडौं उपत्यकाभित्रको पर्यटकीय गन्तव्य मध्येको एक हो, तर सडक धुलाम्ये छ, खाल्डाखुल्डी र वर्षाद्को बेलाको त झन कुरै नगरम्।
सडक स्तरउन्नति गर्ने जिम्मा पाएका छन् सत्तारुढ दलका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले।

तीन पटक म्याद थप्दा पनि काम सम्पन्न नभएसी स्थानीय स्वस्फूतरूपमा अधिकारीविरुद्ध उत्रिएका छन्। ‘अधिकारी ठेकेदार होइन, ठगदार हो’ भन्दै उनका तस्वीर सहितका प्रचार सामग्री यत्रतत्र झुन्ड्र्याउन थाल्या छन्।

विरोधको यो शैली धरहरालाई निकै घत लाग्यो। अन्यत्रका शारदा, पप्पु, शक्तिकेन्द्र निकटका झप्पुहरूलाई पनि यसरी नै झुन्ड्र्याउन ढिला भइसकेन र
भन्या ? पाठकवृन्दलाई यो उपाय कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्