भारतीय सांसदको यात्रा



बेइजिङ, (एजेन्सी)।

भारतीय सत्तारूढ दल भाजपाका दुई नेताले भारतीय बौद्ध भिक्षु कुमारजीवको जीवनीसँग जोडिएका ११ हजार ५० किलोमिटरको लामो यात्रा शुरू गरेका छन्। कुमारजीव चौथो शताब्दीमा बौद्ध धर्म भारतबाट चीनमा ल्याएको र चिनियाँ समाज र संस्कृतिमा गहिरो प्रभाव छोडेका थिए।

पूर्वसांसद तरुण विजय र बेंगलुरु दक्षिणका सांसद तेजस्वी सुर्याले चीनको गान्सु प्रान्तका दुनहुआङमा ह्वाइट हर्स पेगोडामा पूजाअर्चना गरेपछि आफ्नो यात्रा शुरुआत गरेको हो। कुमारजीव चीनमा बौद्ध धर्म पुर्याउने पहिलो भारतीय हुन्। यहाँको पेगोडा कुमारजीवको श्वेत घोडाको स्मरणमा बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्