ब्रिक्स सम्मेलनमा वार्ता



ब्रासिलिया, (एजेन्सी)।

ब्राजिलमा भइरहेको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले द्विपक्षीय वार्ता गरेका छन्।ब्राजिलमा भारतीय नागरिकलाई भिसामुक्त प्रवेश दिने निर्णयलाई लिएर राष्ट्रपति बोल्सोनाराप्रति उनले आभार व्यक्त गरे।

उनले सन् २०२० को गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिका रूपमा भारत आउन दिएको निमन्त्रणलाई बोल्सोनाराले स्वीकार गरेका छन्। यसैबीच मोदी र सीबीच दुई देशबीचको सीमा वार्ताका लागि सहमत भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्