युद्धविराम लागू



जेरुसेलम, (एजेन्सी)।

महिनौंपछि लगातार भयानक युद्धकै स्थितिमा आक्रमण प्रत्याक्रमण हुन थालेपछि अन्ततः बिहीबार इजरायल र गाजा क्षेत्रस्थित इस्लामिक लडाकूबीच युद्ध विराम घोषित भएको छ। इजिप्सियन र प्यालेस्टाइनी सूत्रहरूका अनुसार स्थानीय समयअनुसार बिहान साढे पाँचदेखि युद्धबिराम लागू भएको छ।

तर यस विषयमा इजरायली पक्षले भने औपचारिकरूपमा कुनै प्रतिक्रिया दिएको छैन। भिडन्त रोकिनुअघि इजरायली हवाई आक्रमणमा गाजा क्षेत्रको एक परिवारकी आठ वर्षीय बालकको ज्यान गएको प्यालेस्टाइनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्