पत्रकार शर्माको निधन



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्य डिलप्रसाद शर्माको उपचारका क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको छ।

बोनम्यारोमा समस्या आई चार महिनाअगाडि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा हिजो बिहीबार निधन भएको हो।

विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय ‘साझा बिसौनी’ दैनिक र ‘देश सञ्चार’ अनलाइनमा कार्यरत हुनुहुन्थ्यो।

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्