देशभर मिस्टर नेपाली



राष्ट्रियताका विषयमा निर्माण भएको फिल्म मिस्टर नेपाली आज शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ।केही दिनअघि अमेरिकामा प्रिमियर गरि प्रशंसासमेत पाएको फिल्म देव भुसालको लेखन र निर्देशनमा बनेको छ।

फिल्ममा भुवन केसी, सरोज खनाल, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, कमलमणि नेपाल, रवि डंगोल, सुरेन्द्र केसी, राजेन्द्र गिरी, अर्जुन खत्री, लक्ष्मी तिमिल्सिनालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

देवचुली फिल्म्स्को व्यानरमा प्रेमराज दाहालद्वारा निर्मित फिल्ममा अभिनेता भुवन केसी दुई भूकिामा छन्। उनी एक भूमिकामा नकरात्मक चरित्रमा छन्। फिल्ममा सुवास भुसाल र दीपक शर्माको संगीत, कविराज गहतराको कोरियोग्राफी, निरज कंडेलको छायांकन र जीवन थापाको सम्पादन रहेको छ।

यसैबीच फिल्मको नयाँ गीत डंका पिट्यो सार्वजनिक गरिएको छ। डेभिड शंकरको स्वर, निर्देशक भुसालको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् भने कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन र जीवन थापाको सम्पादन छ।

गीतमा साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोललगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। निर्देशक भुसालले फिल्म राष्ट्रियताको कथामा बनेको तथा देशविदेश जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति, संस्कार र गाउँठाउँलाई नभूलौं र आफ्ना सन्ततिलाई पनि भुल्न नदिऔं भन्ने विषयमा बनेको बताए। उनले फिल्मको स्क्रिप्ट तयार पार्नै २ वर्ष लागेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्