अझै हुन सकेन थुनछेक बहस



रौतहट, (नेस)। 

चर्चामा रहेको रौतहटको बम बिस्फोट घटनाका आरोपी निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलमको पक्षधरको बहसको कारण थुनछेकको आदेश अझै हुन सकेको छैन। बिहीबार मात्रै ६ जना कानुन व्यवसायीले आलमको बचाउको पक्षमा बहस गरेका छन्।

बिहीबार मात्रै प्रतिवादी बनाइएका मोहम्मद अफताब आलमको पक्षममा ६ जना कानुन व्यवसायीले बहस गरेका हुन्।अधिवक्ता हरिशंकर साह, अन्नत अधिकारी, राम विनोद गिरी, मजरुर हक, अफताब आलम, नन्दकिशोर कसुरको बरदात नहुने भएकाले साधारण तारेखमा पुर्पक्षको आदेश हुनुपर्ने बहस गरेका हुन्। आठ दिनदेखि थुनछेकको बहस जारी रहेको छ।

प्रतिवादी निलम्बित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलमको पक्षका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रतिबहस गर्ने भएका छन्। 

थुनछेक बहस टुंगिएपछि जिल्ला अदालत गौरले निलम्बित प्रतिनिधिसभा सदस्य आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश हुन सक्ने छ जिल्ला अदालत गौरमा न्यायाधीश दीपक ढकालको इजलासमा आलमको थुनछेक बहस भइरहेको छ।

१२ वर्ष अघिको घटनालाई लिएर प्ररही र सरकारी वकिल खडिन्द्र राजकटुवालको अभियोजन पत्रले आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेका छन्।
आलम पक्राउ परेका छन् भने बाँकी आरोपी १० जना भने फरार रहेका छन्।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिए पनि मिसिलको प्रमाणले भने घटनामा आलमको संलग्नता नदेखिने आलम पक्षधर कानुन व्यवसायीको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्