मधुमेहको उपचारमा चुनौती



काठमाडौं, (नेस)।

विश्व मधुमेह दिवसका अवसरमा ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकूले आयोजना गरेको एक कार्यक्रममा वीर अस्पतालका डा. दीपक मल्लले मधुमेहका बिरामीका लागि कार्बोहाइड्रेड विषादी हो भन्नुभयो।

नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढी छ त्यसमा पनि मधुमेह अझ बड्दो क्रममा छ। सन् २०१४ को जानसांख्यिक सर्वेअनुसार नेपालको कुल रोगीमध्ये ६० प्रतिशत नसर्ने रोग रहेको छ। जसमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, आँखाको रोग, दम खोकी, क्यान्सर प्रमुख छन्।

वर्षेनी २ दशमल्लव ७ प्रतिशत महिला र ४ दशमल्लव ६ प्रतिशत पुरुष रहेकामा सन् २०१९ को सर्वेअनुसार यो संख्या बढेर महिलाको संख्या ५ दशमल्लव ३ र पुरुषको संख्या ६ दशमल्वल २ रहेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा. फणिन्द्रप्रसाद बरालले जानकारी गराउनुभयो।

मधुमेह दिवसका दिन बिहीबार ५१ जिल्लामा विभिन्न जनचेतना कार्यक्रम गरिएको र आगामी २ वर्षभित्र ७७ जिल्लामा अभियान पुर्याउने कार्यक्रम रहेको डा. बरालले जानकारी गराउनुभयो। मुख्य गरी जनचेतना, उपचारको पहुँच र समयमै रोगको पहिचान तथा रोकथामका लागि पहल हुनुपर्ने कुरा सहभागीले जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्