सिद्वबाबाको सुरुङ मार्गको टेण्डर छिटैः महासचिव पौडेल



Vehicle plying along Siddhartha Highway near Siddhababa raod section in Butwal, on Friday, October 13, 2017. Photo: Mausam Shah Nepali

यमलाल भुसाल, बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ज्यानमारा मार्गले परिचित सिद्वबाबाको सुरुङ मार्गको टेण्डर छिटै गर्ने गरि काम अगाडी बढको बताउनु भयो ।

लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले बुटवलको नयांगाउंमा निर्माण गरिएको मधुमेह स्वास्थ्य उपचार केन्द्र भवनको विहिवार उद्घाटन गदै उहाँले नेपालको सम्वृद्वि र स्वाभिमानका लागि सबैवीच एकता हुनुपर्ने बताउनु भयो ।

पूर्व अर्थमन्त्री समेत रहनु भएका उहाँले विकासमा एकता र सहकार्य आवश्यक रहेको औल्याउनु भयो ।

उहाँले चुनामा भोट दिएको विषयलाई लिएर बिकासमा विवाद गर्न नहुने बताउदै हिजो जो जसले जेमा भोट दिएपनि अब विकासको लागि एक ठाउंमा हुन आग्रह गर्नु भयो ।

बुटवल–नारायण सडकखण्ड विस्तारको काम केही समयपछि शुरु हुने बताउंदै विकासका मुद्वामा सबै नागरिक एकतावद्व हुनुपर्ने बताए । कार्यक्रममा डिष्ट्रिक गभर्नर अनुपकुमार पहाडी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, महेन्द्र नारायण श्रेष्ठ, रामप्रसाद भट्टराई लगायतले बोल्दै सामाजिक काममा सबैको सहभागी आवश्यक पर्नेमा जोड दिनु भयो ।

गणेश प्रसाद भट्टराईको अध्यक्षता, रामप्रसाद बञ्जाडेको सञ्चालन र डिल्ली नारायण पाण्डेको स्वागतमा कार्यक्रम भएको थियो ।

विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो ।

स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परिक्षण गराएको अध्यक्ष डिल्ली नारायण पाण्डेले जानकारी गराउनु भयो । लायन्स क्लव अफ बुटवल सिद्वबाबाको सक्रियतामा १ करोड लगानीमा दुई तले भवन निर्माण गरिएको छ ।

लायन्स क्लव अफ बुटवल सिद्वाबाबाले बुटवलले दुर्घटनामा परी निधन भएका पत्रकार डायलसन अधिकारीको परिवारलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्