पर्यटन पूर्वाधार विकासका लागि ५० लाख बजेट



विनोद सिंह विष्ट, बैतडी ।
सरकारले घोषणा गरेका एकसय पर्यकटीय गन्तव्यमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा भएका क्षेत्रहरुमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको हो ।

बैतडीको दशरथचन्द नगरपालिकामा २५ लाख र पाटन नगरपालिकामा २५ लाख बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको बजेटमा पर्यटन पूर्वाधार विकास कार्यक्रम तर्फ बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले गत बर्ष घोषणा गरेका एकसय पर्यटकीय गन्तव्यमा बैतडीको दशरथचन्द नगरपालिकास्थित त्रिपुरा सुन्दरी भगवती मन्दिर अटाएको छ । यस्तै पाटनको सिद्धनाथ उदयदेव धार्मिक स्थललाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको रुपमा उल्लेख गरेको छ । सरकारले घोषणा गरेको यी गन्तव्यहरुको विकास र प्रवद्र्धनका लागि बजेट विनियोजन गरिएको हो ।

बजेट कार्यान्वयनको बिषयमा अहिले सम्म जानकारी भने नआएको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजबहादुर ऐडीले बताउनुभयो ।

पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन भएको रकम संघीय सरकार आँफैले वा स्थानीय तह कसले कार्यान्वयन गर्ने भन्ने बिषयमा जानकारी नआएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्