वरिष्ठको बुद्धि



रौतहट बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको प्रमाण छताछुल्ल भएपनि कानूनविद्हरू उल्टै कांग्रेस नेता आलम जोगाउन खुलेआम लागिपर्या छन्। ‘आलमलाई जोगाउँछौ सत्यलाई असत्य र असत्यलाई सत्य प्रमाणित गछौं’ भन्दै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष र महासचिवको जम्बो टोली रौतहट जिल्ला अदालतमा उत्रियाछन्।

चर्को घाम लागेको प्रस्ट हुँदाहुँदै वरिष्ठ उपाधि भिरेका वकिलसापहरू हत्केलाले घाम छेकेर ‘हैन, कहाँ घाम लाग्या छ, न्यानो भयो भन्दैमा घाम लाग्यो भन्ने’ भन्दै रौतहट पुगेसी आमनेपाली तीनछक पर्याछन्।

यो देशाँ पैसा हुनेले मात्रै न्याय पाउँछ, पैसा र पहुँच नहुनेले अदालत नधाएनी हुन्छ भन्ने भनाइ अहिले धरहराले झलझली सम्झिराछ।पैसाको जोडबलले तथ्य र न्याय कसरी मोडिन्छ भन्ने कुरो वरिष्ठहरूको रौतहट यात्राले पुस्टी गर्छ।

मानवीयतालाई बिर्सिएर निधक्क व्यवसाय (वकालत) गर्न पाउनुपर्ने वरिष्ठहरूको तर्क सुन्दा वरिष्ठ कस्तालाई भन्ने र त्यस्तो उपाधि कस्लाई दिने भन्ने उत्तर खोज्न राष्ट्रिय जमघट नै डाक्नु पर्ने अवस्था देखियो भन्या। 

जति पढ्यो, जति बुझ्यो, जति उपाधि हासिल गर्यो उति नै बुद्धि पातलिन्छ कि क्या हो ? तर धरहरा यो कुरामा ढुक्क छ। कसैले माननीय, सम्मानीय र वरिष्ठ पद पाउँदैमा÷कहलिँदै र वरिष्ठ बन्ने रहर गर्दैमा कानुन उतै ढल्किन्न, ढल्किँदैन।

प्रतिक्रिया दिनुहोस्