कोका–कोलाद्वारा विजेतालाई गाडी हस्तान्तरण



कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्रान्डले ‘कोका–कोला क्यापमा कार’ को विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेका छन्।यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए।

कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठूलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, वीरगन्जलगायतको स्थानबाट उपभोक्ताहरू विजेता भएका छन्।

बम्पर लक्की ड्र का विजेता अम्बरबहादुर गुरुङले भन्नुभयो–‘म लाखौं सहभागीमध्ये टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु। यो मेरो पहिलो गाडी हो। यस्तो अभियान ल्याएमकोमा म कोका–कोला नेपालप्रति आभार प्रकट गर्दछु।’

प्रतिक्रिया दिनुहोस्