एनएमबी बैंकको पूर्वस्वीकृत आवास कर्जा योजना



एनएमबी बैंकले पूर्व–स्वीकृति आवास कर्जा (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा आरम्भ गरेको छ। अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन्।

आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्वमूल्यांकन नगरिकनै कामय गरिनेछ।
‘यो कर्जा सुविधाले ग्राहकको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ तथा आयको आधारमा घरघडेरी अधिकतम् उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ।

यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। हाल एनएमबी बैंकको देशभरि १६३ शाखा, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरको सञ्जाल रहेको छ।

प्रतिक्रिया दिनुहोस्