नेसनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी



नेसनल लाइफ इन्स्योरेन्सले सुचिता खनालको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। सुचिता खनालले ३ वर्ष अघि ५० लाखको जीवन बीमा गर्नु भएकोमा बोनससहित ६२ लाख २० हजार रुपियाँको रकम बीमा दाबी वापत भुक्तानी भएको हो।

उक्त रकम कम्पनीको कार्यकारी प्रमुखले खनालको श्रीमान रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा उक्त दाबी छोटो समयमा नै आवश्यक कागजात पेस भएपछि शिघ्र फर्छौट गरिएको कार्यकारी प्रमुखले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्