शेयर बजारको ओरालो यात्रा कायमै



नेपाल समाचारपत्र, काठमाडौं।

बुधबार शेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ। बुधबार शेयर बजार परिसूचक नेप्से ४ दशमलव ८० अंकले घटेर एक हजार १ सय ३५ दशमलव १६ कायम भएको छ भने कारोबार रकम २७ करोड ५४ लाख रुपियाँ बराबरमा सीमित भएको छ।

यस दिन धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडि रहेको छ। जसको कारोबार तीन करोड १२ लाख रुपियाँ बराबरको भएको छ। त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा माछापुच्छ«े बैंक रहेको छ। जसको कारोबार दुई करोड १२ लाख रुपियाँ बराबरको भएको छ।

त्यस्तै, ट्रेडिङ अर्थात् व्यापार समूकको सूचक पाँच प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने फाइनान्स र अन्य समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ। यस दिन धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन्।

कम्पनी ७ दशमलव ९२ प्रतिशतको फाइदा छ। नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले धेरै घाटा व्यहोरेका छन्। कम्पनी ५ दशमलव ५१ प्रतिशतले घाटामा गएको छ।

प्रतिक्रिया दिनुहोस्