इमानदारीताको अनुपम नमुना !



सिडनी,(एजेन्सी)।

जताततै सकेसम्म अर्काको सित्तै खाउँ र अरूलाई छकाउँ भन्ने दाउ बोकेर हिँड्ने मान्छेहरु भरिएको यस स्वार्थी संसारमा सेवा गरेर पनि कसैको केहि चिज खाँदा लाज मानेर माफी माग्ने मान्छे पनि हुँदा रहेछन् भनि थाहापाउँदा विशेषगरी फटाहाहरु लाजले पानी पानी हुनु पर्ने अवस्था आउन सक्छ।

यस्तै अपत्यारिलो घटना बन डन्ढेलोले पिडित अष्ट्रेलियामा घटेको छ। एकजना अष्ट्रेलियाली पूषले डँढेलोबाट आफ्ना ेघर बचाउन ज्यान थापेर लाग्ने अग्नियिन्त्रकहरुले उनको घरको अलिकति दुध पिइदिएको कारण लेखेर छाडेको क्षमायाचना पत्र सार्वजनिक गरेका छन्।

न्यु साउथ वेल्स निवासी पाउल सेफकीले घर फर्कंदा उरुन्गा ग्रामिण अग्नि नियन्त्रण सेवा ( आरएफएस ) द्वारा हस्ताक्षरित एउटा पत्र भेटाए। त्यसमा लेखिएको थियो ,‘ तपाईंको घर जोगाउन पाउादा खुशी लाग्यो। हामी तपाईंको केहि दुधको ऋणी भएक छौं। ’

अष्ट्रेलियामा जारी रहेको डाढेलोका कारण कम्तिमा तीनजना मानिसको ज्यान जानुका साथै एक सय पचासवटा भन्दा बढि घर जलेका छन्। सरकारले हालै मात्र यसै डँढेलोका कारण दुईवटा राज्यमा संकटकाल घोषणा गरेको थियो।

न्यु साउथवेल्समा अझै साठी वटा स्थानमा आगो दन्किरहेको प्हरीले जनाएको छ। सेफकीले आफ्नो विवाह यता आफुलाई अहिले सम्मकै यो पत्र सवोत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन्।

न्यु साउथ वेलसका ६ सय वटा भन्दा बढि बिद्यालय बन्द गरिएका छन्। स्थानिय वासिन्दालाई आफ्ना घरलाई आगोले टिप्न अघि न ैभाग्न स्थानिय प्रशासनले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्