मोटो बिरालोलाई विमान चढाउने कारवाहीमा



मस्को,(एजेन्सी)।

रुसी एयरलाइन एरोफ्लोटले बुधवार सुटुक्क आफुनो अधिक वजनका बिरालोलाई विमान यात्रा गराएर एयरलाइनको प्रचलित नियम उल्लंघन गरेको कारण देखाउँदै उनलाई बााकी यात्राका लागि विमान चढ्न नदिने निर्णय गरेको छ।

३४ वर्षिय मिखाइल गलिनले एरोफ्लोटको राजधानी मस्कोदेखि भ्लादिभोस्तोकसम्म उडेको कलसाइन एसयु१७०२ बोकेको उडानमा भिकट नामक बिरालोलाई लगेका थिए। एरोफ्लोटको नियम अनुसार आथ किलोग्राम भन्दा बढि वजन भएक पाल्तु जनावरलाई लगेज होल्डमा राख्नुपर्दछ।

भिक्टर पनि अधिक वजनका ेभएकले गालिनले धूर्त उपाय अपनाएका थिए। वजनको कडा नियमको कारण उनले चेक इनको बेला भिक्टरलाई अर्को कम वजनका बिरालोसंग आँखा छलेर साटेका थिए। अबदेखि उनलाई यस एयरलाइनमा चढ्न निषेध गरिएको छ।

गालिनले यसै महिनाको शुरूमा आफुले कस्री सुटुक्क भिक्टरलाई विमान चढाएको भन्नेबारे पोस्ट गरेपछि त्यो भाइरल हुन पुगेको थियो। उनले आफले भिक्टरलाई लात्भियाको राजधानी रिगादेखि रसियाको सुदुर पुर्वी शहर भ्लादिभोस्तोकसम्म सफल यात्रा गराएको उल्लेख गरेका थिए।

मस्के भने सो उडानको स्टप ओभरमा पर्दछ। तर पुन मस्कोबाट उडान शुरू गर्ने क्रममा भने उनलाई साथमा भिक्टरलाई लानबाट रोकिएके थियो। भिक्टरको वजन दस किलोग्रामको रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्