राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रक्रियामा सुनवाई शुरू



वासिङटन (एजेन्सी)।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग छानबिनमा बुधबार देखि खुला सुनवाई हुने भएकोछ। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिव्समा बुधबार र शुक्रबार खुला सुनवाई हुने र त्यसलाई परै देश टेलिभिजनमा हेर्न सकिने बताइएको छ।

ट्रम्पमाथि युक्रेनका राष्ट्रपतिसँग भेटघातका क्रममा डेमोक्र्याटिक उम्मेदवार जोय बायडेन विरुद्ध भ्रष्टाचार मामिलाको जाँचको बदलामा सैन्य सहायता दिने प्रतिबद्धता ब्यक्त गरेको आरोप लगाइएको छ। यो आरोपमा बुधबार सार्वजनिक सुनवाईमा जाँच हुनेछ।

महाअभियोगको सुनवाई प्रक्रियाका क्रममा बन्द कोठामा दिइएका १५ जना साक्षीको बयानको सत्यताको जाँच हुनेछ।बुधबार शुरू भएको सार्वजनिक सुनवाइमा ३ जना साक्षीलाई बयान दिन लगाइनेछ। ती मध्य दुईजना ट्रम्प प्रशासनका सहयोगी ह्विसलब्लोअर अगाडी आइसकेका छन्।

अहिलसम्म अमेरिकाका ४ राष्ट्रपतिले महाअभियोगको सामना गर्नु परेको थियो। अहिलेसम्म महाअभियोगका कारण कुनै राष्ट्रपतिको पद बर्खास्त गरिएको छैन। महाअभियोगको डरले रिचर्ड निक्सनल पदबाट आफैले राजिनामा दिएका थिए।

बिल क्लिन्टन र एन्ड्रयु ज्याक्सनलाई सिनेटले आरोप तथा सजायँ मुक्त गरेको थियो।अमेरिकाको संविधान अन्तर्गत राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन सकिने अधिकार छ। बुधबार कांग्रेसको तल्लो सदनमा ट्रम्प विरुद्ध महाअभियोग प्रक्रियाको खुला सुनवाई शुरू भएको छ।

यस सुनावाईका क्रममा ३ जना साक्षीले दिने बयान अत्यन्त महत्वपुर्ण हुने ठानिएको छ। यसमा युक्रेनका लागि अमेरिकी प्रमुख दुत बिल टेलर, युरोपेली तथा युरेसियन मामिलाका उप सचिव जर्ज केन्टको बयान महत्वपुर्ण हुनेछ।

दुबै अधिकारीले युक्रेनका राष्ट्रपति वाइडेन र उनका छोरा विरुद्ध जाँचका लागि दबाव दिएको कुरा सार्वजनिक गरेका थिए।तेस्रो साक्षी भनेको मारी योवानोविच युक्रेनका लागि अमेरिकी राजदुत थिए।

योवानोविचका अनुसार उनले युक्रेनका अधिकारीहरुको जाँचमा ह्वाइट हाउसलाई सहयोग गर्न अस्विकार गरेका थिए। त्यसपछि उनलाई पदबाट हटाइएको थियो।सार्वजनिक सुनवाईको प्रक्रिया हाउस इन्टेलिजेन्स कमिटीद्वारा गरिनेछ।

सुनवाई साक्षीसँग दुबै डेमोक्र्याटस र रिपब्लिकले प्रश्न राख्नेछ । प्रश्न उत्तरपछि इन्टेलिजेन्स कमिटीले आफनो प्रतिवेदन न्यायिक मन्डललाई बुझाउनेछ। न्यायिक समितिमा पनि आफनो सुनवाई हुनेछ जसमा ट्रम्प र उनका न्यायधिवक्ताले पनि सहभागी हनु सक्नेछ।

त्यसपछि न्यायिक समितिले नै राष्ट्रपतिमाथि महाअभियोगको मस्यौडा तयार गर्ने वा नगर्ने भन्नेमा निर्णय लिनु पर्ने छ। त्यसमा दुबै सदनमा मतदान हुनेछ। बहुमतले प्रस्ताव पारीत हुन्छ भने सीनेटले सुनुवाई सुरु गर्न सक्नेछ।

यदि प्रतिनिधिसभामा ट्रम्पमाथि महाअभियोग चलाउन प्रस्ताव पास भयो भने पनि सिनेटले सुनवाई गर्ने निर्णयको विरोधमा मत दिन सक्छ।

प्रतिक्रिया दिनुहोस्