भोकै विद्यालय जाने बालबालिकालाई खाद्यान्न



धादिङ, (नेस) ।

नीलकण्ठ नगरपालिका–१२ आँगेटारीका विचल्लीमा परेका तिन बालबालिका र प्यारालाइसिस भएका आमाको लागि बुधबार प्रयास नेपालका कार्यकारी निर्देशकले व्यक्तिगत रुपमा दुईबोरा चामल, कापी कलम, दाल, तेल लगायतका सामाग्री वितरण गर्नुभएको छ।

जन्मदिनकोको दिन आफूले केक काट्नुको सट्टा यसरी सहयोग गर्न पाउँदा खुसी हुँदै अर्यालले बालबालिका दुखी भएको आफूले सहनै नसक्ने बताउनुभयो। नेपाल समाचारपत्रमा कात्तिक २७ गते र न्यूज अफ नेपालमा २६ गे यस सम्बन्धी समाचार प्रकाशन भएपछि उहाँ घरमै पुगेर सहयोग गर्नु भएको हो।

ज्यालामजदुरी गरेर परिवार पालिरहेका यमबहादुर थापामगरले कात्तिक २० गते झण्डीएर आत्महत्या गरे। उनकी श्रीमती लक्ष्मी थापामगर तिन वर्षदेखि प्यारालाईसिस भएर दिसापिसाव एकैठाउँमा हुनेगरि सुतिरहनुभएको छ।

हाल लक्ष्मीको स्याहार ७ वर्षीया सोममायाँ थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीया करिना थापामगरले गर्दै आएका छन्। साङकोस माविको कक्षा ३ मा सोममायाँ, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्यायनरत हुनुहुन्छ।

तिन बालबालिका बाबुको मृत्युपछि भने भोकभोकै विद्यालय जान थालेपछि विद्यालयले आर्थिक संकलन समे गरेको छ। विद्यालयमा कोष निर्माण गरि उनिहरुलाई आवस्यक परेको सामाग्री किनिदिने व्यवस्थापन मिलाएका शिक्षक रामप्रसाद लामिछानेले बताउनुभयो।

भूकम्पले भत्किएको घर समेत बनाउँन नसक्दा उनिहरु बाँसले बारेको छाप्रोमा बसीरहेका छन्। यसैबीच धादिङ बोर्डिङका तर्फबाट २० हजार र आवाज अभियानका तर्फबाट १५ हजार रुपियाँ सहयोग प्राप्त भएको छ।

 

प्रतिक्रिया दिनुहोस्