दलितलाई स्नातक तहसम्म निःशुल्क शिक्षा



नेपाल समाचारपत्र, जनकपुरधाम।

प्रदेश २ का दलित विद्यार्थीहरुले विशेष कार्यक्रमअन्तर्गत सेवा सुविधा पाउने भएको छ। प्रदेशसभाबाट पारित भएको दलित सशक्तिकरण विधेयकमा दलित समुदायका विद्यार्थीका लागि स्नातकसम्म अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई शुल्क मिनहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्युसन शुल्क र पोसाकसमेत प्रदेश सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको छ।

प्राविधिक शिक्षा पढ्ने इच्छुक दलित विद्यार्थीका लागि इन्जिनियर, डाक्टर, कानुन र पत्रकारिता पढ्न इच्छुक प्रदेशभित्रका दलित विद्यार्थीका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको विधेयकमा उल्लेख छ।

दलितमैत्री विद्यालय निर्माणका लािग विशेष कार्यक्रम बनाई कार्यन्वयन गरिने विधेयकमा व्यवस्था गरिएको छ। उच्च माध्यमिक तहसम्म अनिवार्य र निः शुल्क शिक्षाको कार्यान्वयन भएको वा नभएको अनुगमनसमेत गरिने बताइएको छ।

समावेशी सिद्धान्तको अवलम्बन गर्दा दलितका लागि आरक्षित गरिएको सिटमध्ये पचास प्रतिशत महिलाका लागि सुरक्षित गरिएको छ।यस्तै प्रदेशमा बस्ने दलित समुदायले सहुलियत दरमा आवश्यक खाद्यन्न पाउने व्यवस्था छ।

राशन कार्ड प्राप्त भएका दलित समुदायलाई सरकारले अति आवश्यक खाद्यन्न उपलब्ध गराउनेछ। जातीय विभेद तथा छुवाछुत अनुगमन गर्न मुख्यमन्त्री अध्यक्ष रहने गरी अनुगमन समिति बनाउने छ।

समाजिक विकासमन्त्री अध्यक्ष रहने गरी दलित विकास समिति गठन गरेर दलित समुदायको अधिकार तथा समाजिक विकासका लािग आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्ने सहितका कामहरु गरिने विधेयकमा उल्लेख छ।

समितिले दलित समुदायका व्यक्तिहरुलाई तोकिएको आधारमा स्वदेश एवं विदेशमा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउन प्रदेश सरकारसमक्ष अनुरोध तथा सिफारिससमेत गर्न सक्ने व्यवस्था छ।््

प्रतिक्रिया दिनुहोस्