विवाह बन्धनमा बाँधिदै आँचल



पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा यतिबेला डा.उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन् । उदीपसँग एउटा कार्यक्रममा आँचलको भेट भयो । उनीहरु नजिक भए । एक–अर्कालाई मन पर्न थाल्यो । त्यसपछि प्रेमको सुरुवात भयो ।

आँचल र उदीपको भेट भएको झण्डैं एक बर्ष भएसँगै उनीहरुले बिहे गर्ने निर्णय गरेका हुन् । आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्ती अनुसार उनले आगामी फागुनमा बिहे गर्ने फाइनल भएको छ । यद्यपी, महिना फाइनल भएपनि कुन दिन बिहे गर्ने भन्ने विषयमा आँचलले मुख खोलेकी छैनन् ।

जोनी जेन्टलम्यान, नाइ नभन्नु ल ४, सत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । हाल उनी नयाँ चलचित्र ‘झिंगे दाउ’ को तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्