जिल्लाभित्र जग्गा जमिनको किनबेचमा कमी हुँदै



सरस्वती न्यौपाने,रसुवा।

जिल्ला भित्र जग्गा जमिन किन्ने र बेचबिखन गर्न आजभोली कमी हुदै गएको छ । २०७२ को विनाशकारी भुकम्पपछि आवास पुननिर्माणको प्रमाण बनाउन अंशवण्डा र लेनदेनका धेरै रजिष्ट्रशन पास भएपछि पुन निर्माणको तथ्याङ्कले १२ हजार मात्र घरधुरी देखाएको ले आफ्नो जग्गाको प्रमाणपत्र पुर्जा बनाइसकेकाका कारण जग्गा लेनदेनको रजिस्ट्रेशन घटेको हो ।

रसुवा मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठका अनुसार चालु आर्थिक वर्षका साउन देखि कार्तिक २६ गते सम्म एक सय पचास मात्र जग्गा खरिद विक्रिका रजिस्ट्रेशन पारित भएका छन् ।

भने गएको वर्ष पाँच सय भन्दा बढी रजिष्ट्रेशन परित भएका थिए घडेरीका लागी १ वर्षमा १ पटक भन्दा कित्ता काट गर्न नपाइने भएका ले पनि रजिस्ट्रेशन घटेको हो ।

बैंकबाट किस्ताले ऋणको धितो सुरक्षितका लागी ल्याइएका दुइ सय भन्दा बढी दृष्टि बन्धकका लिखित पारित भइसकेको छ , बैंकहरुमार्फत आएको दृष्टि बन्धको लिखित को ऋण थैली अंश २ लाख भन्दा माथि हुने गरेको मालपोत कार्यालय ले जनाएको छ ।

गत वर्षको समयमा न्युन रुपमा प्रवाह हुने ऋण अहिले स्थापित बैंकहरुले बोलाएर दिन थालेपछि पुजिको व्यवस्थाले उद्यम गर्न सहज भएको किसानहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्