रौतहटको शहरी क्षेत्रको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त



संजय कार्की,रौतहट  ।

शहर भन्दा पनि जङ्गलतिर ट्राफिक प्रहरी देखिन थालेपछि रौतहटको शहरी क्षेत्रको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त भएको छ ।

चन्द्रपुर नगरपालिकाको पुर्बपश्चिम राजमार्गको २६ किलोमिटर भाग र सदरमुकाम गौर सम्म ४२ किलोमिटरले जोडिएको छ ।

कमजोर ट्राफिक ब्यबस्थापनको कारण बीरेन्द्र राजमार्गमा पर्ने चन्द्रनिगाहपुर, डुमरिया, बालचनपुर, गरुडा, शिबनगर, जयनगर, सुकदेब चौक, र गौर यस्तै भित्री भागमा पर्ने कटहरिया, मौलापुर, समनपुरमा जथाभाबी पार्किङ्गले सौन्दर्यतानै बिगारेको छ ।

सबारी साधनको जथाभाबी पार्किङ्ग, दोहोरो पार्किङ्ग, फुटपाथ मिचिनुले पैदल यात्री लाई सास्ति परेको छ । फोहोर उठाउन समेत मुस्किल परेको छ ।

यतातिर ट्राफिक प्रहरीको ध्यान पुग्न सकेको छैन तर जङ्गलमा ढुकेर चेकजाँचको नाममा सबारी साधनका चालक लाई दुख दिने गरेको गुनासो बढेको छ ।

ब्यस्त रहने शहरमा सबारी साधनको जाम हटाउन ट्राफिक प्रहरी उदासिन देखिएका छन । चन्द्रनिगाहपुरमा म्याजिक, बस, ई–रिक्सा, टेम्पु र जिपको करण ट्राफिक व्यवस्थापन सधैं अस्तव्यस्त हुने गरेको छ ।

सबारी साधनको चाप रहने स्थानमा ट्राफिक प्रहरीले ब्यबस्थापन गर्नु पर्नेमा त्यसो नगरीकनै एकान्तस्थलको जङ्गलक्षेत्रमा ढुकेर चेकिङ्ग मात्र गरेर दुर्घघटना लाई उल्टै बढावा दिएको आरोप स्थानीयले लगाएका छन ।

चेकिङ्गको नाममा अतिरिक्त आम्दानी समेत हुने भएकाले त्यतातिर ट्राफिक प्रहरी रमाएको स्थानीय दिपुु मिश्रले बताउनु भयो ।

अत्यधिक सवारी चांप रहने शहरीक्षेत्र र बिग्रीएको सडकको कारण पैदल यात्रुहरु मर्कामा पर्दै आएका छन ।

नियम बिपरित पार्किङ गर्ने र अत्यधिक लोड बोकेका ट्रक, क्षमता भन्दा बढि यात्रु बोकेको बस लाई कारबाही गर्नुको बदला त्यस्ता सबारी साधन लाई ट्राफिक प्रहरीले छाडने गरेको छ ।

ट्राफिक प्रहरी निरिक्षक शैलेस न्यौपाने लाई शहर भन्दा जङ्गल किन प्यारो भन्दा उनी भन्छन ट्राफिक प्रहरीले जहापनि चेकगर्न पाउने भएकाले गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्