सिमा समस्या समाधान गर्न सरकार चुक्नु हुँदैन : वरिष्ठ नेता पौडेल



निजगढ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थीर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको बर्तमान सरकारलाई सिमा सम्बन्धी सवै समस्या समाधान गर्न सवैभन्दा उत्तम समय भएको बताएका छन् ।

बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सिमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थीर सरकार र सवै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए ।

पौडेलले भने–‘ सिमाको समस्या धेरै पहिले देखि हो तर यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौ तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ ।

दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सिमा विवाद छन् । आफ्नो देशको सिमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो । हामीले हेर्ने बेला आएको छ ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे ।

पौडेलले भने–‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ । दुई महिनामा गर्र्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन् ।

अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन् । यो पक्ष उ पक्ष होइन पार्टीलाई ठुलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ । अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ ।’

कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयागलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए । उनले विमानस्थल बनाउनेक्रम आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्