बिच भलिबलमा नेपालको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

१३औं सागका लागि प्रशिक्षण र अभ्यासमा रहेको नेपाली पुरुष ‘बिच भलिबल’ टोलीले मैत्रीपूर्ण खेलमा मंगलबार जित निकालेको छ। विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो।

श्रीलंकाको नेगोम्बो बिच भलिबल कोर्टमा मान र दिलको जोडीले पहिलो सेट १९–२१ ले गुमाए पनि पुनरागमन गर्दै २१–१५ र तेस्रो सेट १५–१३ ले सो खेल जितेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्