पत्रकार शर्माको नाममा पुरस्कार स्थापना गरिने



कालिकोट, (नेस)।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले द्वन्द्वमा ज्यान गुमाएका कालिकोटका पत्रकार नवराज शर्माको नाममा पुरस्कारको स्थापना गर्ने बताउनु भएको छ।

नेपाल पत्रकार महासंघको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्रमा आयोजित पत्रकार आचारसहितः संवाद र सार्वजनिक सुनुवाई कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष आचार्यले पत्रकार शर्माको सम्झनामा राष्ट्रियस्तरको पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार आचारसहिता पत्रकारको नैतिक वन्धन भएकाले यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो। यस्तै प्रेस काउन्सिल नेपालका सदस्य खिलाबहादुर भण्डारीले पत्रकारहरूले व्याक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनु भयो।

महासंघ जिल्लाका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्लाका नागरिक समाज, पत्रकार, राजनीति दलहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्