वृत्तचित्र विवाद



वार्सा, (एजेन्सी)।

पोल्यान्डका प्रधानमन्त्री मातेउस्जमोराविकीले मंगलबार स्ट्रिमिङ कम्पनी नेटफिक्सलाई पत्र लेखेर नाजी मृत्यु शिविरबारेको वृत्तचित्र ‘दि डेभिल नेक्सट डोर’मा परिवर्तन गर्न आग्रह गरेका छन्।

उनले उक्त सिरियलमा देखाइएको यतना शिविरको नक्सा आधुनिक पोल्यान्डको सिमानामा रहेको बताएका छन्। यस त्रुटिको कारण पोल्यान्ड आफैं यातना शिविरका लागि जिम्मेवार रहेको जस्तो देखिएको बताइएको छ।

उनले वास्तवमा दोस्रो विश्व युद्धकालमा यो स्थान जर्मनीको कब्जामा रहेको बताएका छन्। नेटफिक्सले आफू वृत्तचित्रको यस मामिलाप्रति सचेत रहेको रोयटर्सलाई बताएको छ।

प्रतिक्रिया दिनुहोस्