प्रहरीलाई लक्षित गरी बम हान्ने भारतीय पक्राउ



काठमाडौं, (नेस)।

रौतहट ईशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ।

बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरूले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल उक्त प्रहरी चौकीको प्रहरी टोलीले उनीहरूलाई पिछा गर्ने क्रममा चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल भारत सिमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरेको हो।

विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको छ। साथै चौकी नजिकै चौरमा चरिरहेको १ बाख्राको मृत्यु भएको छ। घटनामा संलग्न हाल फरार रहेका मोटरसाइकलमा सवार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्