बन्धक चार नेपाली युवाको उद्धार



काठमाडांै, (नेस)।

चार नेपाली युवालाई अमेरिका लैजान्छु भन्दै अफ्रिकी मुलुक मालावी पुर्याएर अलपत्र पार्ने एक भारतीय नागरिकलाई नेपाल प्रहरीको मानव बेचबिखनविरुद्ध ब्युरोले पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

काठमाडौंबाट भियतनाम, इथियोपिया, माडागास्कर, जोर्डन, दुवई, अजरबैजान हुँदै मालावी पुर्याएर बन्धक बनाएर राखेको अवस्थामा मालावीमा रहेका नेपालीहरूले बन्दक बनाएका उनीहरूलाई उद्धार गरी नेपाल पठाएका थिए।

सो कार्यमा संलग्न भारतीय नागरिक नाजिर अहमदलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्