पर्यटनबारे सोच्नै पर्छ



नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशका विभिन्न १ सय वटा पर्यटकीय क्षेत्रलाई जानै पर्ने एक सय गन्तव्यमा समावेश गरेर विकासको व्यापक तयारी गरेको छ।

देशमा भएका धार्मिक, प्राकृतिक तथा मानव निर्मित संरचनालाई स्थापित र विकास गर्नुपर्ने गन्तव्यको रूपमा पहिचान गरेर काम थालिएको छ। देशभरका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न जरुरी देखिएको छ।

मुलुकमा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरू छन्, जसको संरक्षण हुन सकेको छैन। कतिपय यस्ता सम्पदा प्रचारप्रसारको अभावमा बाहिर आउन सकेका छैनन्। हामी सबै यस्ता सम्पदाको प्रचारप्रसारमा लाग्नु जरुरी छ।

विश्वसम्पदा सूचीमा परेका सम्पदाको पनि संरक्षण गर्न जरुरी छ। नेपाल सरकारले पर्यटक भित्र्याउने अभियानअन्तर्गत विभिन्न योजनाहरू अगाडि ल्याउने गरेको छ। सबै अभियान सफल बनाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्