अमेरिकामा मिस्टर नेपाली



शुक्रबारदेखि अल नेपाल रिलिज हुने फिल्म मिस्टर नेपालीको अमेरिकामा प्रिमियर गरिएको छ।अमेरिकाको टेक्सासमा आयोजित फिल्मको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता रहेको निर्माण पक्षले जानकारी गराएको छ। निर्माण पक्षका अनुसार अधिकांश दर्शकले फिल्मलाई उत्कृष्ट भने।

फिल्म हेरेर फर्किएका केही दर्शकले मिस्टर नेपाली विदेशमा बसेका नेपालीले हेर्नैपर्ने फिल्म बनेको बताए। कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो फिल्म देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए।

केही दर्शकले भने फिल्मले खुबै हँसाएको पनि बताए। अधिकांश दर्शक यसको कथावस्तुबाट सन्तुष्ट देखिएका छन्। उनीहरूले, राष्ट्रियताको कथा उठान गरेकाले पनि फिल्म विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिएका थिए।

देव भुसालको निर्देशनमा बनेको यो फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायतका कलाकारको मुख्य भूमिका छ। फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्