भ्यालेन्टाइन डेलाई लभ डायरिज



स्शील श्रेष्ठ स्टार सिनेमा लभ डायरिजले नयाँ रिलिज डेट घोषणा गरेको छ। फिल्मको सम्पूर्ण छायांकन सकाउँदै निर्माण पक्षले भ्यालेन्टाइन डेका अवसरमा लभ डायरिज आगामी फागुन २ गते रिलिज गर्ने घोषणा गरेको हो।

फिल्मको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचिएको छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको छम छम छम बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ। कोरियोग्राफर प्रवीण सिंहले कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा र प्रिन्सी खतिवडा तथा कमला घिमिरेलाई स्टेप्स सिकाए।

टिकटक भाइरल हुँदै म्युजिक भिडियोमा व्यस्त प्रिष्मा र प्रिन्सीलाई पहिलोपटक फिल्मको गीतमा फिचरिङ गरिएको हो। सौरभ चौधरीद्वारा निर्देशित प्रेमकथाको फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन्।

सिनेमाको सुन्यौ कि सुनेनौ बोलको रोमान्टिक नम्बर रिलिज भने यसअघि नै रिलिज गरिसकिएको छ। सञ्जय लामाले खिचेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका छन्। मधु बास्तोलाको कथा र पटकथा रहेको फिल्म विनोद सापकोटाले निर्माण गरेका हुन् भने सरोज तुलाधर सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्