मुकुन अब अन्तरे बन्दै



देशदेखि विदेशसम्मका अवार्ड चुम्न सफल हिट फिल्म बुलबुलमा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुसाल अब नयाँ फिल्म अन्तरेमा देखिने भएका छन्। सत्यराज चौलागाईंले निर्देशन गर्ने फिल्ममा उनी अन्तरेको प्रमुख भूमिकामा देखिनेछन्।

भुसालले आफ्नो समय र टिम दुवै मिल्न आएकोले सो फिल्ममा अभिनय गर्न लागेको बताए। ‘फिल्मको मुख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ। बुलबुलबाट पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ।

त्यही बीचमा यो फिल्म पाएँ। मैले जे खोजेको थिएँ, त्यही यसमा पाएँ’, मुकुनले भने– ‘मैले फिल्ममा आफ्नो पात्र मात्र हेरिनँ, पुरै स्क्रिप्ट पढें। स्क्रिप्टमा जे लेखिएको छ, पुरै फिल्ममा देखाउन सकिने गरी लेखिएको छ।’

फिल्म चरित्रात्मक भएकाले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारको छनोट भइरहेको निर्देशक चौलागाईंले बताए। रेड आइज फिल्म्सको ब्यानरमा राज पण्डित र सुवास राईले निर्माण गर्न लागेको फिल्म फागुनको पहिलो साता सुटिङ फ्लोरमा जाने निर्माता राज पण्डितले बताए।

प्रतिक्रिया दिनुहोस्