पैसाका लागि बाँच्ने मान्छे सार्वजनिक



गायक दिनेश गौतमको नयाँ गीत पैसाकै लागि बाँच्छ मान्छे म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तकप्रसादको संगीत छ। गीत बस्नेतको चौथो एल्बम कयामुदामा संगृहित छ ।

गीतले पैसाले मान्छेलाई के–के गराउँछ भन्ने भाव छ। पैसाका लागि बुहारीले सासूलाई वृद्धाश्रम जान बाध्य पारेको र नातिनीले उनलाई घरमा ल्याएको तथा पैसाका लागि नारी अस्मितामा खेलवाड गरेको देखाइएको छ। गीतको संगीत संयोजन दिनेश सुनामले गरेका हुन्।

म्युजिक भिडियो अभिनेत्री निरु खड्काले निर्देशन गरेकी छन् भने यसमा सीतादेवी घिमिरे, निरु खड्का, कृष्ण रसाईली, सुष्मा, प्रकाश र स्तुती गौतमले अभिनय गरेका छन्। भिडियोमा सागर गौतमको छाँयांकन र प्रविण श्रेष्ठको सम्पादन छ।

गीतकार बस्नेतको यो चौथो एल्बम हो। यसअघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याइसकेका छन्। पैसा कसले बनायो गीतबाट चर्चामा आएका दिनेश गौतमको पैसासम्बन्धी यो अर्को गीत हो।

 

 

प्रतिक्रिया दिनुहोस्